घनश्याम बलम्पाकी, ८ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका १२ जियाजोरमा रहेको नारायण जनता माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले भूतपूर्व विद्यार्थी समाज गठन गरेका छन् ।
आज नुनथरमा सम्पन्न भएको भूतपूर्व विद्यार्थी समूहको भेलाले विनोदकुमार थापा अध्यक्ष रहने गरी ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा पद्मा मोक्तान, सचिवमा दामोदर कोइराला, कोषाध्यक्षमा पार्वती श्रेष्ठ, सदस्यहरुमा चित्रकुमार पन्त, रीना आले, रेवती श्रेष्ठ, मदन माझी, हरि गुर्मछान, मोहन वाइवा र देवराज सुवेदी रहेका छन् ।

भेलाले भूतपूर्व विद्यार्थी समाजको विधान निर्माण गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न तदर्थ समितिलाई जिम्मेवारी दिएको छ । भेलामा विद्यालयका शिक्षक, पूर्व विद्यार्थी लगायत सहभागी भएका थिए ।