logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

धार्मिक सहिष्णुता कायम गर्न माग गर्दै हरिपुरमा शान्तिपूर्ण र्याली


  • उज्यालो अभियान

हरिपुर, ७ बैशाख – धार्मिक तथा सामाजिक सहिष्णुता कायम गर्न माग गर्दै सर्लाहीको हरिपुरमा शान्तिपूर्ण र्याली निकालिएको छ ।

हरिपुर नगरपालिका ६ का निवर्तमान वडाध्यक्ष इदी मन्सुरको नेतृत्वमा सामाजिक सन्जालमा जथाभावी लेख्नेलाई कारवाही गर्नुपर्ने, सबै पक्ष मिलेर सामाजिक सद्भाव कायम गर्नुपर्ने नारासहित नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत हरिपुर क्षेत्रमा शान्तपूर्ण ढंगले प्रदर्शन गरिएको हो ।

र्याली पश्चात इलाका प्रहरी कार्यालय हरिपुरमा आएर ज्ञापन पत्र समेत बुझाइएको छ ।