logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी फिडर अन्तर्गतका क्षेत्रमा आज दिनभर बत्ती नआउने


  • उज्यालो अभियान

लालबन्दी, ५ बैशाख – नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्र अन्तर्गत लालबन्दी फिडरमा आज दिनभर बिजुली अवरुद्ध हुने भएको छ ।

लालबन्दी फिडरमा नाङ्गो तार भएको ठाउँमा कभर तार लगाउन तथा अन्य मर्मतको काम गर्नका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म बत्ती काटिने भएको हो । लालबन्दी वितरण केन्द्रले सूचना जारी गरी लालबन्दी नगरपालिकाको वडा नं. १२ जियाजोर क्षेत्रबाहेक वडा नं. ५ देखि वडा नं. १७ सम्म दिनभर बत्ती नआउने जनाएको छ ।

त्यस्तै, लालबन्दी फिडर अन्तर्गत पर्ने ईश्वरपुर नगरपालिको वडा नं. १२ घारिबथान क्षेत्रमा पनि दिनभर बत्ती नआउने भएको छ । प्राधिकरणको लालबन्दी वितरण केन्द्र तथा मलंगवा वितरण केन्द्रले केही दिनअघि देखि नै तार फेर्ने काम धमाधम गरिरहेको छ ।

गर्मीमा घण्टौँसम्म बत्ती काटेर मर्मतको काम गरिँदा सर्वसाधारण भने प्रभावित बनिरहेका छन् । तर, प्राधिकरणले मर्मतको काम गर्न बत्ती काट्नुपर्ने बाध्यता नै रहेको बताउँदै आएको छ ।

यहाँ गर्मी चढ्दै जाँदा रातको समयमा समेत बिजुली कटिरहने समस्या बढ्दो छ ।