logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बागमती : उपमेयर मुक्तानले सम्हालिन कार्यवाहक मेयरको जिम्मेवारी


  • उज्यालो अभियान

फाइल तस्बीर ।

कार्यबाहक मेयर भएकी उपमेयर लिला कुमारी माेक्तान ।

बागमती, ५ बैशाख – सर्लाहीको बागमती नगरपालिकामा उपमेयर लीला कुमारी मुक्तानले कार्यवाहक मेयरको जिम्मेवारी समेत सम्हाल्न थालेकी छन् ।

मेयर भरतकुमार थापाविरुद्ध अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको चैत २८ गते मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेसँगै उपमेयर मुक्तानले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्न सुरु गरेकी हुन् । हिजो मंगलबार बसेको नगर कार्यपालिका बैठकमा उपमेयर मुक्तान कार्यवाहक मेयरको रुपमा उपस्थित भईन् ।

“मेयर निलम्बनमा परेपछि उपमेयरले स्वत: कार्यवाहकको जिम्मेवारी पाउने कानूनमै रहेछ, त्यस हिसाबले मैले कार्यवाहकको भूमिका निर्वाह गर्न सुरु गरिसकेको छु,” मुक्तानले बुधबार अपरान्ह उज्यालो अभियानसँगको कुराकानीमा भनिन् “अब कहीँकतै योजना माग गर्दा होस् वा सरसिफारिस गनुपर्दा कार्यवाहकको हिसाबले मैले नै हस्ताक्षर गर्छु ।”

अख्तियारले मेयर थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । थापाको श्रीमती, भाई र बुहारीमाथि पनि अख्तियारमा मुद्दा दायर भएको छ ।