logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवाबाट चोरीमा संलग्न ३ जना पक्राउ


  • उज्यालो अभियान

बरहथवा, ५ बैशाख – प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका ५ स्थित बजार क्षेत्रबाट चोरी गर्ने कार्यमा संलग्न २ युकवलाई पक्राउ गरेको छ ।

बरहथवा ५ मा रहेको बरहथवा–नयाँरोड सडकस्थित छेउमा पार्किङ गरी राखेको अवस्थामा कोही नभएको मौका छोपी ट्याक्टरको हाइड्रोलिक पटिया चोरी गर्ने दुई जनाविरुद्ध मुद्दा दायर गरिएको छ । चोरीको आरोपमा स्थानीय कौशलकिशोर यादव र मिठु कुमार महतोविरुद्ध चोरी शिर्षकमा मुद्दा दायर गरिएको हो ।

त्यस्तै, बरहथवा ५ स्थित जे एस रिप्याकेजिङ फुड प्रोडक्ट उद्योगबाट विभिन्न समान चोरी गरेको आरोपमा बरहथवा ५ कै २० वर्षीय दिलिप कुमार पण्डितलाई पक्राउ गरी चोरी शिर्षकमा कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।