logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाही प्रहरीद्वारा १४ जना फरार अभियुक्त पक्राउ


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ४ बैशाख – सर्लाही प्रहरीले एकैसाथ १४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट परिचालित प्रहरी टोलीले विभिन्न अभियोगमा दोषी ठहर भई फरार रहेका अभियुक्तलाई पक्राउ गरेको हो । ठगी मुद्दामा फरार झापाको बाहुनडाँगी घरभई काठमाडौं बस्ने ५० वर्षीय मेघलाल दाहाललाई काठमाडौंँबाट र ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी गोडैता नगरपालिका १२ बस्ने ५८ वर्षीय दयाराम राय भन्ने दजाराम राय गाउँबाटै पक्राउ परेका छन् ।

यस्तै विभिन्न अभियोगमा सर्लाही जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका रामनगर गाउँपालिकाको सिसौटका बेचन साह, रामईश्वर प्रसाद साह, विनोद प्रसाद साह, सन्जय कुमार साह, गोडैता नगरपालिका १० सिसौटिया बस्ने नरेश राउत बरै र श्री राउत बरै पक्राउ परेका छन् ।

त्यस्तै मलंगवा नगरपालिका ५ भाडसर बस्ने सोबैदुर रहमान भन्ने सरोज राय, हरिपुर नगरपालिका ३ फरहदवा बस्ने रामनारायण राय, नथुनी राय भन्ने सरोज राय, गगन देव राय, मनोज राय र राम सिंहासन राय पक्राउ परेका छन् ।

पक्राउ परेका सबै अभियुक्तलाई सर्लाही जिल्ला अदालतमा पेश गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) रविन्द्र बहादुर सिंहले जानकारी दिए ।