मलंगवा, ३ वैशाख – नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ सर्लाहीले धार्मिक सद्भाव र सामाजिक सम्वन्धमा खलल पुर्याउन केही असामाजिक तत्वले प्रयास गरिरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको छ ।
संघले आज जिल्ला प्रशासन कार्यालय मलंगवामा निमित्त प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै इस्लाम धर्म प्रवद्र्धक हजरत मोहम्मदप्रति लक्षित गरेर अर्नगल कुरा सामाजिक सन्जाल फेसबुकमा लेखेर धार्मिक सद्भाव बिर्गान खोजिएको भन्दै ध्यानाकर्षण गराइएको हो । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको ज्ञापन पत्रमा यसरी सामाजिक सम्वन्धमा खलल पुर्याउन प्रयासरत् व्यक्तिलाई तुरुन्त कानूनी दायरामा ल्याउन माग गरिएको छ ।
नेपाल मुस्लिम संघ सर्लाहीका अध्यक्ष महिबुल हसन सेख र सचिव शेख परवेज आलमले हस्ताक्षर गरेको ज्ञापन पत्र बुझाउन कांग्रेस नेता शेख शहदुल्लालगायत जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेका थिए ।