logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सिसौटमा आगलागीबाट घर, गोठ जल्यो


  • उज्यालो अभियान

फाइल तस्बिर ।

सिसौट, २ बैशाख – सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित रामनगर गाउँपालिका–७, सिसौटमा गएराति आगलागी हुँदा दुईवटा घर, गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट स्थानीय अमरुल खाँको एउटा घर र एउटा गोठसहित भित्ररहेका सम्पूर्ण सरसामग्री जलेर नष्ट भएको हो । मध्यराति भएको आगलागी गाउँले र प्रहरी भएर आधा घण्टापछि नियन्त्रणमा लिएका थिए ।

आगलागीमा परेर घर, गोठ र त्यसभित्र रहेका सरसामग्री जल्दा तीन लाख रुपियाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।