logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शान्तपूर्ण हिसाबले मनाइयो नयाँ वर्ष


  • उज्यालो अभियान

बागमती नगरपालिका स्थित `भरत ताल' मा डुंगा शयर गर्दै सर्बसाधारण । (तस्बिर : उज्यालाे अभियान)

बागमती, २ वैशाख – सर्लाहीमा विक्रम सम्वद २०८१ को पहिलो दिन हिजो नयाँ वर्ष हर्षोउल्लासपूर्वक शान्तपूर्ण ढंगले मनाइएको छ ।

हिजो दिनभर जिल्लाका पर्यटकीय स्थलमा मानिसको अत्यधिक चाप देखिन्थ्यो । विशेष गरी बागमतीस्थित निर्माणाधीन माछा पोखरीमा सबैभन्दा बढी मानिसको भीडभाड देखिन्थ्यो ।

उक्त तालमा जिल्लाभरका तथा छिमेकी जिल्ला र भारतबाट समेत पर्यटक आउने गरेका छन् । हिजो दिनभर त्यहाँ चल्ने डुंगासहितका मनोरन्जनका साधन ब्यस्त देखिन्थे ।

यस्तै, सर्लाही र रौतहटको सीमा क्षेत्रमा पर्ने नुनथर, सागरनाथ, पत्थरकोट, परवानिपुर बोहोरेडाँडा, लालबन्दी पिसपार्क, हरिवन बनवाटिकासहित जिल्लाभरका पयर्टकीय स्थलहरुमा पनि मानिसको चहलपहल देखिएको हाम्रा संवाददाताले जनाएका छन् ।

सर्लाही प्रहरीले गएसाँझ अबेरसम्म विभिन्न स्थानमा नयाँ वर्ष धुमधामसँग मनाइएको र जिल्लाभर कहिँकतै अप्रिय घटना नभएको जनाएको छ ।

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गरेका छन् ।

हिजो यहाँको चमेलमाई मन्दिर सलेमपुर, सागरनाथ महादेव मन्दिर सागनारथ, फूलजोरबाबा मन्दिर बयलवास, डुमडमे मन्दिर लालबन्दी, सुखेपोखरी मन्दिर हरिवन, मुक्तेश्वर बाबाधाम मूर्तिया, चिताईन महादेव मन्दिर हरिपुरसहितका धार्मिक स्थलमा मानिसको चहलपहल देखिन्थ्यो ।