logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

चिरन्जीवी पोखरेलको छैठौँ स्मृति दिवस मनाइयो


  • उज्यालो अभियान

शंकरपुर, १ बैशाख – सर्लाहीको बागमती नगरपालिका–८, सोल्टीमा आज स्वर्गिय चिरन्जीवी प्रसाद पोखरेलको छैठौं स्मृति दिवस मनाइएको छ ।

साबिक शंकरपुर गाविसका निर्वाचित उपाध्यक्ष, साना किसान कृषि सहकारी संस्था शंकरपुरका अध्यक्ष र नेकपा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य पोखरेलको सदरमुकाम मलंगवाबाट फर्किनेक्रममा ६ वर्षअघि सवारी दुर्घटनामा परेर ज्यान गएको थियो । स्वर्गिय पोखरेलको स्मृतिमा शंकरपुरमा निर्माण गरिएको स्मृति पार्कमा साना किसान कृषि सहकारी संस्था र नेकपा एमालेले पोखरेलको तस्बिरमा माल्यार्पण गर्दै स्मृति दिवस मनाएका हुन् ।

नेकपा एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले स्वर्गिय पोखरेलको सम्झनामा माल्र्यापणसहित उनले पार्टी संगठन तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै स्मृति दिवस मनाइएको बताए ।

बागमती ८ का वडाध्यक्ष डम्बरबहादुर कार्कीको अगुवाईमा भएको कार्यक्रममा नेकपा एमालेको केन्द्रिय सदस्य तथा बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवाल, पार्टीको केन्द्रिय निर्वाचन कमिटीका सदस्य तथा हरिवन नगरपालिकाका निवर्तमान मेयर गणेश प्रसाद प्रसाई, निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, साना किसानका अध्यक्ष भूपेन्द्रमान श्रेष्ठलगायत सहभागी भएका छन् ।