logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी २ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आगजनी


  • उज्यालो अभियान

जुटपानी, २९ चैत – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आज अपरान्हपख आगजनी भएको छ ।

आज बिदाको दिन स्वास्थ्य केन्द्र बन्द रहेको अवस्थामा अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । आगजनीबाट स्वास्थ्य केन्द्रमा भित्र राखिएको केही औषधि जलेको देखिएको छ । घटनास्थलमा पुगेका लालबन्दी नगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले झ्यालबाट कसैले आगो लगाइदिएको जस्तो देखिएको बताए ।

प्रहरी तथा जनप्रतिनिधिले घटनास्थलमा पुगेर अनुगमन गरेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले आगजनी गर्ने व्यक्तिको पहिचान नभएको र घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको बताए ।