मलंगवा, २९ चैत – नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष शंकर श्रेष्ठलाई पितृ शोक परेको छ ।
श्रेष्ठका बुवा टेकबहादुर श्रेष्ठको आज उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा निधन भएको हो । उनको केही दिनदेखि चिन्ताजनक अवस्थामा उपचार चलिरहेको थियो ।
८३ वर्षीय श्रेष्ठ पाल्पामै बस्थे । आफूहरु बुवाको त्यहीँ दाहसँस्कार गरेर सर्लाहीतर्फ आइरहेको महासंघका पूर्व जिल्ला अध्यक्ष तथा दिवंगत श्रेष्ठका कान्छा छोरा शंकर श्रेष्ठले अहिले राति उज्यालो अभियानसँग बताए ।
पुरानो बसोवास रहेको सदरमुकाम मलंगवामा बुवाको १३ दिने सँस्कार गरिने श्रेष्ठले बताएका छन् ।
पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष श्रेष्ठ अहिले लालबन्दी ६ मा बस्छन् भने जेठो दाई वसन्त बुटवल र माइलो दाई शिवराम सदरमुकाम मलंगवामा कानून व्यवसायीका रुपमा कार्यरत छन् ।