हरिवन, २९ चैत – नेपाल निवृत्त शिक्षक समाज हरिवन नगर समितिको अध्यक्षमा जयशंकर सिंह चुनिएका छन् ।
आज हरिवनमा सम्पन्न समाजको प्रथम अधिवेशनले महादेव जनता नमूना माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक सिंहको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समाजको अध्यक्षमा सिंह, उपाध्यक्षमा रामप्रसाद बराल, सचिवमा माधव थापा, कोषाध्यक्षमा हिराबहादुर लामालगायत अन्य सदस्य रहेका छन् ।
महादेव माविमा हरिवनका मेयर रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरभित्रका सेवा निवृत्त शिक्षकहरुको उपस्थिति रहेको थियो ।
केही दिनअघि मात्रै नेपाल निवृत्त शिक्षक समाज सर्लाहीको नयाँ नेतृत्व चयन भई सदरमुकाम मलंगवामा पदस्थापन कार्यक्रम सम्पन्न भएको थियो ।