लालबन्दी, २९ चैत – सर्लाहीको लालबन्दी नगरपालिका ९ मा आज दलित तथा विपन्न विद्यार्थीलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।
वडा कार्यालयले कक्षा ५ सम्म अध्ययन गरिरहेका वडाभित्र स्थायी बसोवासी रहेका २४ जना बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरेको हो । आर्थिक अवस्था कमजोर रहेका दलित तथा विपन्न परिवारका बालबालिकालाई शिक्षाप्रति आकर्षित गर्ने उद्देश्यसहित यस प्रकारको सहयोग प्रदान गरिएको वडा सदस्य विनोद तिमल्सिनाले जानकारी दिए ।
वडाध्यक्ष नारायण अधिकारी, वडा सदस्यहरु विनोद तिमल्सिना, भिमबहादुर थापा मगर, ललिता कुमारी भुजेल र वडा सचिव झटककुमारी खत्री (अनिसा) भएर बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
बालबालिकाका अभिभावक समेतलाई वडा कार्यालयमै बोलाएर यस प्रकारको सहयोग गरिएको लालबन्दी ९ को वडा कार्यालयले जनायो ।