logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अवैध ढंगले खोला उत्खनन गर्ने जेसिबी र ट्याक्टर प्रहरीको नियन्त्रणमा


  • उज्यालो अभियान

बयलवास, २९ चैत – सर्लाहीको ईश्वरपुर नगरपालिका–८, स्थित फूलजोर र कालिन्जोर खोलाको दोभानमा अवैध ढंंगले नदीजन्य पदार्थ उठाउँदै गरेका जेसिबी र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय केशरगन्जबाट खटिएको प्रहरी टोलीले ठेक्का नलागेको स्थानबाट अवैध रुपमा बालुवा उठाइरहेका सवारी साधन नियन्त्रणमा लिएको हो । प्रदेश २–०३–००१ त ४४५० , प्रदेश २–०२–००१ त ०२५७ , ज.२ त. ३८३ र ना ४ त ९०८९ नम्वरको चारवटा ट्याक्टर र ना. १ क. ८२७९ नम्वरको जेसिबी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको ट्याक्टर र जेसिबी कारवाहीका लागि ईश्वरपुर नगरपालिकाको कार्यालयमा बुझाइएको छ ।