logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मनकामना सहकारीमा लागेको आगो नियन्त्रणमा


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

हरिवन, २५ चैत – सर्लाहीको हरिवनस्थित मनकामना बहुउद्देश्यीय सहकारी संस्थामा लागेको आगो नियन्त्रणमा आएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ । बिहान ६ बजेतिर अचानक भएको आगलागी हरिवन नगरपालिकाको दमकलको सहयोगमा प्रहरी र स्थानीय भएर निभाएका हुन् ।

आगलागीबाट पैसा गन्ने मेसिनसहित केही सरसामग्रीमा सामान्य क्षति पुगेको र क्षतिको विवरण संकलनकै क्रममा रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।