logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चक्रघट्टामा आगलागीबाट १० वटा परालको टौवा जल्यो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

चक्रघट्टा, २५ चैत – सर्लाहीको चक्रघट्टा गाउँपालिका–१, शिवनगरमा आज दिउँसो आगलागीमा परेर १० वटा परालको टौवा जलेर नष्ट भएको छ ।

आगलागीबाट लखन्देही खोला किनारमा राखिएको परालको कुनिऊँ जलेको हो । १० वटा टालको पराल जल्दा १ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन् । अहिले सुक्खा र हावाहुरीको मौसममा आगलागीको जोखिम धेरै हुने भएकाले आगोजन्य पदार्थको प्रयोग गर्दा ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।