हरिपुर, २३ चैत – सर्लाहीको हरिपुर नगरपालिका–२, स्थित अक्षर पाठशालामा आजबाट २ दिने आयुर्वेदको निःशुल्क उपचार शिविर सुरु भएको छ ।
हरिपुर नगरपालिका आयुर्वेद शाखाको आयोजनामा सुरु भएको शिविरमा आज पहिलो दिन एक सय भन्दा बढीले सेवा लिएका शाखा प्रमुख एवं वरिष्ठ कविराज कपिलेश्वर झाले जानकारी दिए । उनले भोलीसम्म चल्ने शिविरमा आयुर्वेद औषधि पनि निःशुल्क बाँडिने बताएका छन् ।
शिविरको आज बिहान हरिपुर नगरपालिकाका मेयर गोपाल पन्जियारको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।