श्रीनगर, २३ चैत – सर्लाहीको ईश्वरपुर नगरपालिका १४ श्रीनगरमा दिवंगत बिन्दिया धामीको परिवारलाई आज बीमाबापतको रकम हस्तान्तरण गरिएको छ ।
फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थानले आज मृतकका श्रीमान राजविर चौधरीलाई १५ लाख ७५ हजार रुपैयाँ प्रदान गरेको हो । ईश्वरपुरका मेयर मनोजकुमार आचार्य र फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थानका जिल्ला संयोजक प्रकाश भट्टराईले सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
चौधरी परिवारले बिमा कम्पनीलाई तिर्न बाँकी १५ लाखमध्ये झण्डै आधा ऋण रकम बुझाउने र आधा रकम बीमा बापत प्राप्त गर्ने बताइएको छ ।