लालबन्दी, २३ चैत – सर्लाहीको लालबन्दी नगरपालिका ५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई आज १ लाख २५ हजार रुपैयाँ बराबरको औषधि सहयोग स्वरुप प्राप्त भएको छ ।
किवानिज क्लब अफ ह्वाईट रोज लालबन्दी र लायन्स क्लब लालबन्दी सिटीले स्वास्थ्य केन्द्रलाई औषधि प्रदान गरेका हुन् । लायन्स क्लबका राजकुमार न्यौपाने, दीपेन्द्र अधिकारी, दीपक थापा, चिरन्जिवी खतिवडालगायत भएर लालबन्दी ५ का वडाध्यक्ष मिनप्रसाद ढुंगेल (रामु) र स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक चौधरीलाई ती औषधि हस्तान्तरण गरेका छन् ।
बालबालिकाका लागि उपयोगी हुने औषधि निःशुल्क रुपमा सहयोग गरिएको लायन्स क्लबका राजकुमार न्यौपानेले जानकारी दिए ।