logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सशस्त्रको सीमामा पैदलगस्ती : सर्लाहीको टोलीले महोत्तरीको टोलीलाई अभियान सुम्पियो


  • उज्यालो अभियान

संग्रामपुर, चैत २२ – सीमा क्षेत्रमा पैदलगस्ती अभियान संचालन गरेको सशस्त्र प्रहरीले बुधबार सर्लाहीबाट महोत्तरीको टोलीलाई अभियान हस्तान्तरण गरेको छ ।

पर्साको ठोरीबाट केही दिनअघि यो अभियान सुरु भएको थियो । पर्सा, बारा, रौतहट हुँदै अभियान सर्लाही आइपुगेको थियो ।

चैत १९ गते सर्लाहीको दक्षिण–पश्चिम सीमा छतौनाबाट सर्लाहीको टोलीले निरन्तरता दिएको पैदल गस्ती अभियान बुधबार महोत्तरीलाई हस्तान्तरण गरिएको हो । हिजो बुधबार बिहान पर्सा गाउँपालिकास्थित सर्लाहीको दक्षिण–पूर्वी सीमाना संग्रामपुरमा एक कार्यक्रमको आयोजना गरी महोत्तरीतर्फको टोलीलाई अभियान सुम्पिने काम गरिएको सशस्त्र प्रहरी बल नं. १० गण कविलासीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रोहितबहादुर घिमिरेले जानकारी दिए ।

उनका अनुसार इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोलीले १९ गतेदेखि आजसम्म सर्लाहीको बोर्डर सीमामा पैदलगस्ती गरेको छ ।

हिजो संग्रामपुरमा प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाका सशस्त्र प्रहरी नायब उपरीक्षक ( डिएसपी) उज्वल लामिछाने, जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सहितको उपस्थितिमा सर्लाहीतर्फको पैदलगस्ती महोत्तरीतर्फको टोलीलाई हस्तान्तरण गरिएको छ ।