logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा भोली ‘अग्नी नियन्त्रण’ अभ्यास गरिने


  • उज्यालो अभियान

मलंगवा, चैत २१ – सर्लाही सदरमुकाम मलंगवामा ‘अग्नी नियन्त्रण’ अभ्यास गरिने भएको छ ।

भोली (बिहीबार) बिहान साँढे ७ बजे मलंगवा १० स्थित तिनबिघे खेल मैदानमा अग्नी नियन्त्रण अभ्यास गर्न लागिएको नवलपुरस्थित नेपाली सेनाको भैरवीदल गणका गणपति एवं प्रमुख सेनानी सूर्यबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय, विभिन्न सुरक्षा निकाय र विपद्को क्षेत्रमा कार्यरत कार्यालय तथा संघसंस्थाको आयोजनामा संयुक्त रुपमा प्रदेश स्तरीय संयुक्त विपद् अभ्यास (अग्नी नियन्त्रण अभ्यास) गर्न लागिएको हो ।

सुक्खापन र हावाहुरीले गर्दा आगलागीको जोखिम बढिरहेका बेला सबै निकायसँग समन्वय गरेर आगलागीबाट के कसरी बच्ने ? आगलागी भइहाले कसरी नियन्त्रणमा लिने ? भनेर नमूना अभ्यास गरेर देखाइने प्रमुख सेनानी कार्कीले बताए ।

आयोजक संघसंस्थाले अग्नी नियन्त्रण अभ्यासको निरीक्षणका लागि स्थानीयलाई आब्हान समेत गरेको छ ।