logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनको धाराटोलमा वित्तीय साक्षरता सम्वन्धी सचेतनामूलक अन्तरक्रिया


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी, १८ चैत – सर्लाहीको हरिवन नगरपालिका–३, धाराटोलमा रहेको कुशवाहा धर्मशालाको सभा हलमा आज अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

जीवन विकास लघुवित्त वित्तिय संस्था शाखा हरिवनको आयोजनामा ४० वटा केन्द्रका ८० जना महिला सदस्यलाई अन्तकृया तथा साक्षरता कार्यक्रममा सहभागी गराइ कार्यक्रम सम्पन्न गरिएको हो । हरिवन शाखा अन्तर्गत ६४ केन्द्र मध्ये ४० केन्द्रका अध्यक्ष र उपाध्यक्षलाइ सहभागि गराइ वित्तिय संस्थाले दिने सेवा सुविधको बिषयमा जानकारी गराइएको हरिवन शाखाका प्रमुख धिरज कुमार राजवंशीले जानकारी दिए ।

अन्तरकृया तथा वित्तिय साक्षरता कार्यक्रममा संस्थाका सर्लाही र महोत्तरीका इन्चार्ज अर्जुन कुमार ठाकुरले सहजीकरण गरेका छन् । उनले बित्तिय संस्थाका ऋण, बचत,बिमा,डिजिटल सेवा, सामाजिक सेवा लगायत अन्य सेवा र सुविधाका विषयमा उपस्थित सहभागीलाइ जानकारी दिएका हुन् ।

कार्यक्रममा हरिवन नगरपालिका ३ का वडा सदस्य परीक्षण महतो, संस्थाका मध्यस्थकर्ता दिपेन्द्र महतोलगायतको आतिथ्यता रहेको थियो ।