logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नवलपुरमा मागी खाँदै हिँड्ने पुरुष मृत फेला


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

नवलपुर , १८ चैत – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा मागी खाँदै हिँड्ने एक पुरुष मृत फेला परेका छन् ।

नवलपुरस्थित तरकारी बजार लाग्ने टहरामा अन्दाजी ६०/६५ वर्षका पुरुष आज बिहान सुतेकै ठाउँमा मृत फेला परेका प्रहरीले जनाएको छ । स्थानीयले ती पुरुष केही समयदेखि यस क्षेत्रमा मागी खाँदै हिँड्ने गरेको बताएका छन् । मृतकको सनाखत हुन सकेको छैन् ।

घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिए ।