logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मलंगवामा किराना र कस्मेटिक पसलको गोदाममा आगलागी


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

मलंगवा, चैत १६ – सर्लाही सदरमुकाम मलंगवामा गएराति किराना र कस्मेटिक समानको गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

राति १ बजेतिर मलंगवा नगरपालिका ८ का पंकज साहको घरभित्र किराना र कस्मेटिक समान राखिएको कोठामा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट कोठाभित्र स्टोर गरेर राखिएको सरसामग्री सबै जलेको छ ।

प्रारम्भिक विवरण अनुसार आगलागीबाट २० देखि २५ लाख रुपैयाँ क्षति भएको अनुमान गरिएको छ । आगलागी सुरक्षाकर्मी र स्थानीय भएर नियन्त्रणमा लिएका थिए ।