logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण


  • उज्यालो अभियान

मलंगवा, चैत १६ – नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको अवसरमा आज प्रादेशिक अस्पताल मलंगवामा उपचाररत् बिरामीलाई फलफूल वितरण गरिएको छ ।

महासंघको सर्लाही शाखाले सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरी स्थापना दिवस मनाएको हो ।

जिल्लामा क्रियाशील पत्रकारहरु दिउँसो अस्पतालमा पुगेर बिरामीलाई फलफूल वितरण गरेको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुरले जानकारी दिए ।