बयलवास, १४ चैत – सर्लाहीको ईश्वरपुरस्थित सांग्रिला विकास बैंकको बयलवास शाखा र लालबन्दीस्थित होटल युनाइटेडबीच सम्झौता भएको छ ।
आज सांग्रिला विकास बैंकका खाताधारीलाई होटलमा आएर आवास तथा भोजन र पिय पदार्थको सेवनमा समेत २० प्रतिसत छुट दिने गरी सम्झौता भएको हो ।
सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रादेशिक प्रमुख रुपक मैनाली तथा होटलको तर्फबाट संचालक रमेश श्रेष्ठले हस्ताक्षर गरेका सांग्रिला विकास बैंक बयलवास शाखाका प्रमुख शंकर काफ्लेले जानकारी दिए ।