बरहथवा, १४ चैत – सर्लाहीको बरहथवामा आजबाट नेपाली कांग्रेस क्षेत्र नं. ३ स्तरीय क्षेत्रीय प्रशिक्षण सुरु भएको छ ।
कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नं. ३ को आयोजनामा सुरु भएको प्रशिक्षणको पार्टीकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्त र जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले उद्घाटन गरेका छन् । प्रशिक्षण भोलीसम्म चल्ने छ ।
प्रशिक्षणमा पार्टीको नीति, वर्तमान अवस्था, आगामी योजनालगायतबारे सहभागी पार्टीका अगुवा नेता कार्यकर्तालाई डाक्टर कृष्णप्रसाद पौडेल र डाक्टर सुरेश आचार्यले प्रशिक्षण दिने छन् ।
क्षेत्रीय सभापति पुण्यप्रसाद घिमिरेको अध्यक्षतामा आयोजित प्रशिक्षणको उद्घाटन समारोहमा पूर्व जिल्ला उपसभापति विनोद खनाल, नेता विष्णुमणि घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।