logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा यो वर्षको होली शान्तिपूर्ण


  • उज्यालो अभियान

मलंगवा, चैत १३ – सर्लाहीमा यो वर्षको फागू पूर्णिमा (होली) पर्व शान्तिपूर्ण बनेको छ ।

होलीमा जिल्लाभर केही सामान्य विवादका घटनाबाहेक अन्य कुनै अप्रिय घटना नभएका प्रहरीले जनाएको हो । पर्व मनाउनेक्रममा कहीँकतै अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सावधानी अपनाएको थियो । अघिल्ला वर्षमा झैँ–झगडा तथा तनाव भएर असहज स्थिति सिर्जना भएका ठाउँमा यो वर्ष विशेष सतर्कता अपनाएर सुरक्षा प्रवन्ध मिलाएकाले कहीँकतै अप्रिय घटना हुन नपाएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

उनका अनुसार बारम्बार झडप भइरहेका मलङ्गवासहितका स्थानमा गएराति अबेरसम्म व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । सर्लाहीमा उत्तरी भेगमा हिजो र अस्ती दुई दिन तथा सदरमुकाम मलङ्गवासहित दक्षिणी बेल्टमा हिजो एक दिन हर्षोउल्लासपूर्वक होली पर्व मनाइएको छ ।