फाइल तस्बीर ।
लालबन्दी, १३ चैत – सर्लाहीको मौसम आज बिहानैदेखि धुम्म छ ।
पानी पर्लाजस्तो भई मौसम धुम्म भइरहेको हो । यहाँ आज बिहानपख पनि केहीबेर सामान्य हावाहुरीसहित पानी छिट्याएको थियो ।
सर्लाहीसहित तराई क्षेत्रमा गएको बुधबारदेखि बेलाबेलामा पानी परिरहेको छ । चैतमा बर्खामासमा झैँ झरी परिरहँदा स्थानीयले आश्चर्य मानिरहेका छन् । अहिले परेको पानीले बाँझो खेतबारी खनजोत गर्न र बालीनाली फिर्नलाई भने निकै फाइदा पुगेको छ ।
पानी परेपछि यो वर्ष चैतमै हरियो फिर्न थालिसकेको छ । जिल्लाको सबैतिरको वनमा लागेको डढेलो निभेको छ भने धुलो, धुँवाको प्रदुषण कम भएको छ ।