कार्यक्रममा उपस्थित प्रमुख अतिथि एवं अन्य अतिथिगणहरु । (तस्बिर : उज्यालो अभियान)
कौडेना, १० चैत – नेपाली कांग्रेस सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ कार्यसमितिले शनिबार कौडेनामा फागूपूर्णिमा(होली) पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कौडेना गाउँपालिका–२ स्थित इनर्वामा कांग्रेस क्षेत्रीय कार्यसमितिले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । क्षेत्रीय सभापति एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ ख का प्रदेश सभा सदस्य कौशल किशोर रायको अध्यक्षता तथा कांग्रेस केन्द्रिय सदस्य मधु आचार्यको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको पार्टीले जनाएको छ ।
कार्यक्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य जंगिलाल राय, पूर्व जिल्ला सभापति अशोक खनाल, लक्ष्मण राय, संविधान सभा सदस्य रामचन्द्र चौधरी, जिल्ला सचिब मनोज यादव, महासमिति सदस्य योगराज देवकोटा, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेली, कविलासी नगरपालिकाका मेयर ब्रम्हदेव राय, ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साह, कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवलगायतको आतिथ्यता रहेको थियो ।
कौडेना गापा अध्यक्ष रुपेश कुमारको निवासस्थलमा आयोजित कार्यक्रममा कांग्रेसका जिल्लाभरका नेता कार्यकर्ताहरु उपस्थित थिए । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य आचार्य सहितका वक्ताहरुले होलीपर्वलाई सभ्य र भव्य रुपमा मनाउन आग्रह गरे ।
दस्य आचार्य सहितका वक्ताहरुले होलीपर्वलाई सभ्य र भव्य रुपमा मनाउन आग्रह गरे ।