logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा गएराति फेरि थपियो पानी


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, १० चैत – सर्लाहीमा गएराति पुनः वर्षा भएको छ । यहाँ गएको बुधबारदेखि बारम्बार पानी परिरहेको छ ।

हिजो दिनभर पानी पर्न रोकिएकोमा राति पुनः पानी थपिएको हो । यो वर्ष चैतमा जमिन भिज्ने गरी पर्याप्त वर्षा भइरहँदा किसान खुसी छन् । जिल्लाको दक्षिणी भेगका किसानले लगाएको मकै, गहुँ, उखुलगायतका बालीलाई अहिलेको पानीले निकै फाइदा पुर्याएको छ भने उत्तरी भेगका किसानले लगाएको तरकारी बालीलाई पनि राम्रै गरेको छ ।

आकाशे वर्षाको भर रहेको चुरेभेग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रका किसान बाँझो खेतबारी जोताउन ब्यस्त छन् । बैशाख लागेपछि मकै रोप्ने चुरेभेगका किसानले यो वर्ष पर्याप्त चिसो भएकाले चैतमै मकै रोप्न पाउने भएका छन् ।

यसैबीच, देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण केही दिनयता नेपालमा वर्षा हुँदै आएको छ ।