logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लालबन्दीमा बैंकर्सहरुको प्रभातफेरि


  • उज्यालो अभियान

लालबन्दी, ०९ चैत – सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा शुक्रबार बिहान लालबन्दी बैंकर्स क्लबले प्रभातफेरि निकालेको छ ।

यहाँ रहेका सम्पूर्ण बैंकहरुको संयुक्त आयोजनामा “तपाईको पैसा सुरक्षित गर्नुहोस्, भविष्य सुरक्षित पार्नुहोस्” भन्ने मूलनारासहित प्रभातफेरि निकालिएको कुमारी बैंक लालबन्दी शाखाका प्रवन्धक खिलनारायण श्रेष्ठले बताए । प्रत्येक बैंकका प्रवन्धक तथा कर्मचारीहरुको उपस्थितिमा लालबन्दी ७ स्थित डुमडुमे मन्दिरदेखि लालबन्दी ६ स्थित जनवादी चोकसम्म प्रभातफेरि निकालिएको हो ।

प्रभातफेरिमा सहभागी बैंकर्सहरुले बैंकिङ क्षेत्रका विभिन्न सचेतनामूलक नारा लेखिएको प्ले कार्ड बोकेका थिए । राष्ट्र बैंकले जारी गर्ने नीति निर्देशन अध्ययन गर्न तथा बैंकिङ नीति, नियम र सुरक्षा पालन गर्न सचेत गराउँदै प्रभातफेरि निकालिएको हो ।

Globle Money Week अन्तर्गत लालबन्दी नगरभित्र रहेका सबै बैंक एकजुट भएर प्रभातफेरि गरिएको एनएमबि बैंक लालबन्दी शाखाका प्रवन्धक अरुणकुमार आचार्यले जानकारी दिए ।