logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

गोलेको जन्मदिनमा सामाजिक कार्य


  • उज्यालो अभियान

बागमती, ०८ चैत – बागमती नगरपालिका निवासी युवा जयबहादुर गोलेले आफ्नो जन्मदिन सामाजिक कार्य गरेर मनाएका छन् ।

उनले जन्मदिनमा बौद्घिक अपाङ्गता भएका व्यक्ति र क्यान्सर पीडितलाई सहयोग गरेका हुन् । बागमती नगरपालिका–१२ घर भएका गोलेले सोही वडाका ३२ जना बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई काल्साङ छ्योईखोर्लिङ गुम्बा परिसरमा भोजन गराई कपडा बाँडेका छन् ।

त्यस्तै सोही वडाकी ७ वर्षीया बालिका क्यान्सर पीडित ईशा जिम्बालाई उपचारको लागि नगद सहयोग गरेका छन् । विभिन्न मनकारीबाट उठेको ३८ हजार ९ सय ५० रुपैयाँ र गोलेले व्यक्तिगततर्फबाट १२ हजार ५० गरी ५१ हजार नगद सहयोग गरेका हुन् ।