लालबन्दी, ०६ चैत – बोधी श्रवण धर्म संघको आयोजनामा आज सर्लाहीको पूर्व-पश्चिम राजमार्गमा १९ औँ विश्व शान्ति महा मै मैत्री शान्ति पदयात्रा निकालिएको छ ।
रौतहट हुँदै खाली खुट्टा आएका समर्थक लालबन्दी नगरपालिका-१२ पत्थरकोट स्याङ्बो डाँडा पुगेका छन् । पदयात्राका लागि सर्लाहीको पूर्व–पश्चिम राजमार्गभरी नै ठूल्ठूला स्वागत द्धार तथा बाँस गाडेर झण्डा झुड्याइएको थियो । आज भने करिव ६/७ सय मानिसको उपस्थितिमा शान्तिपूर्ण पदयात्रा निकालिएको हो ।
स्वागत द्वारमा हाल जलेश्वर कारागारमा पूर्पक्षमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जनको फोटो समेत राखिएको छ । उनका समर्थकले आज पूर्व/पश्चिम राजमार्गमा लामो पदयात्रा गरेका हुन् ।
बम्जन पहिले बस्ने गरेको गुम्बामा नै आजबाट पूजापाठ तथा प्रार्थना सुरु भएको छ । १३ गतेसम्म कार्यक्रम चल्ने बताइएको छ ।
कार्यक्रममा सहभागिता जनाउन सर्लाहीसहित विभिन्न जिल्लाबाट बम्जनका समर्थक बागमती, हरिवन, नवलपुर, लालबन्दी हुँदै पत्थरकोट आइपुगेका छन् ।