logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लुडो प्रतियोगितामा अधिकारी च्याम्पियन


  • उज्यालो अभियान

हरिवन, ४ फागुन – सर्लाहीको हरिवनमा आयोजित प्रथम हरिवन ऐतिहासिक खुल्ला लुडो प्रतियोगितामा विजय अधिकारी च्याम्पियन बनेका छन् ।

हिजो भएको खेलमा सहभागी अन्य १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी विजेता बनेका हुन् । प्रतियोगितामा सुरेश यक्तेन लिम्बु दोस्रो भएका छन् ।

बिजेता तथा उपबिजेतालाई सुमन तिलक सिन्दाली, निरज कार्कीलगायत भएर शिल्ड तथा प्रमाण–पत्र वितरण गरेका छन् ।

विप्लव कार्की संयोजक रहेको लुडो प्रतियोगितामा हरिवनभित्रका १६ जना युवाले सहभागिता जनाएका थिए ।