बरहथवा, ०४ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीले भाेली साेमबार बरहथवामा वृहद् आमसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेकाे छ ।
कार्यक्रमलाई सम्बाेधन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता एवं संघीय संसद्मा प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही, प्रशिक्षण विभाग उप-प्रमुख खुश्वु ओली र संघीय सांसद तथा नेता दिपक बहादुर सिंह लगायत नेताहरु आउने पार्टीका युवा नेता रनजित धमलाले जानकारी दिए । जिल्ला कार्यसमितीकाे आयाेजना रहेकाे कार्यक्रममा अन्य विभिन्न पार्टीबाट उल्लेख्य संख्यामा नेता कार्यकर्ता प्रवेश गर्ने तयारी भएकाे समेत राप्रपाले दाबी गरेकाे छ ।