हरिवन, २ चैत – सर्लाहीका ३ वटै चिनी उद्योग यो वर्षका लागि उखु क्रसिङ सकेर बन्द भएका छन् ।
इन्दुशंकर चिनी उद्योग हरिवन हिजो (बिहीबार) बिहानबाट बन्द भएको छ । २९ लाख ४८ हजार ६११ क्विन्टल उखु क्रसिङ गरेर बिहीबार १ः३० बजेदेखि उद्योग बन्द गरिएको उखु प्रवन्धक योगनारायण रजकले बताए ।
यस्तै जिल्लाको गोडैतास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यो वर्ष १२ लाख ३७ हजार ३०० क्विन्टल र अन्नपूर्ण चिनी उद्योग धनकौलले ६८ हजार ३१० क्विन्टल उखु क्रसिङ गरेका छन् ।