हरिपुर, ३० फागुन – सर्लाहीको हरिपुर नगरपालिकामा आज नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव ओमप्रकाश महतो हाजिर भएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत महतोलाई नगरप्रमुख गोपाल पन्जियार, उपप्रमुख निलमदेवी राय यादव, वडाध्यक्ष र कर्मचारीले स्वागत गरेका छन् । महतो धनगढीमाई नगरपालिका सिरहाबाट सरुवा भएर हरिपुर हाजिर भएका हुन् ।
यसैबीच, हरिपुर नगरपालिकाबाट सरुवा भएका उपसचिव कमल बहादुर कार्की आज जिल्ला समन्वय समितिको कार्यालय मलंगवामा हाजिर भएका छन् । जिल्ला समन्वय अधिकारीका रुपमा हाजिर भएका कार्कीलाई जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्र कुशवाहालगायतले स्वागत गरेका छन् ।