लालबन्दी, २९ फागुन – नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन मधेश प्रदेशको अध्यक्षमा सर्लाहीका नरेन्द्र प्रसाद यादव चयन भएका छन् ।
आज लालबन्दीमा सम्पन्न संगठनको प्रथम जिल्ला अधिवेशनले नेपाल शिक्षक महासंघ सर्लाहीको अध्यक्ष समेत रहेका यादवको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको महिला उपाध्यक्षमा महोत्तरीकी पुष्पाकुमारी मिश्र, उपाध्यक्षमा सिरहाका हरिकुमार श्रेष्ठ र बाराका हस्तबहादुर लामा, महासचिवमा धनुषाका सत्रुधन मुखिया, उपमहासचिवमा पर्साका कमल ओझैया, सचिवमा रौतहटका संगित कुमार श्रीवास्तव, कोषाध्यक्षमा सप्तरीका गुलाब चौधरी, सह कोषाध्यक्षमा पर्साका निरमाया आलेलगायत अन्य सदस्य रहेका छन् ।
अधिवेशनले मोहन यादव संयोजक रहेको ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ ।
हिजोदेखि सुरु भएको अधिवेशन आज दिउँसो सर्वसम्मत नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको नेपाल राष्ट्रिय शिक्षक संगठन लालबन्दी नगर कमिटीका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए ।