logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आदिवासी जनजाति युवा महासंघमा मोक्तान


  • उज्यालो अभियान

घुर्कौली, २९ फागुन – आदिवासी जनजाति युवा महासंघ नेपाल सर्लाहीको अध्यक्षमा सुमन मोक्तान चयन भएका छन् ।

हिजो हरिवन नगरपालिका ५ घुर्कौलीमा रहेको आदिवासी जनजाति महासंघ भवनमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले मोक्तानको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिमा सुमन मोक्तान अध्यक्ष, टीकाराम सुस्लिङ र अन्जिता भुजेल उपाध्यक्ष, सुमित्रा पाख्रिन सचिव, अरुण ब्लोन र आइसा दनुवार सहसचिव, दीपक माझी कोषाध्यक्षसहित अन्य सदस्य रहेका नेपाल तामाङ घेदुङ हरिवन नगर समितिका अध्यक्ष राजु लो तामाङले जानकारी दिए । उनका अनुसार ‘मातृभाषा, संस्कार सँस्कृतिकको संरक्षण र सम्वद्र्धनका लागि हाम्रो अभियान’ भन्ने नारासहित आदिवासी जनजाति युवा महासंघ नेपालको पहिलो जिल्ला अधिवेशन गरिएको हो ।

महासंघका केन्द्रिय सचिव एवं मधेश प्रदेश इन्चार्ज सन्जिव मोक्तानको अध्यक्षता तथा चेतना सन्देश नेपालका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादी पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनमा लेखक निष्णु थिङ, तामाङ घेदुङका केन्द्रीय सदस्य जयमाया पाख्रिन, नेपाल मगर संघ मधेश प्रदेशका महासचिव तेजनारायण आले मगर, मगर संघका जिल्ला अध्यक्ष पूर्णबहादुर राना मगर, आदिवासी जनजाति महासंघ सर्लाहीका अध्यक्ष एकबहादुर गुरुङ, तामाङ घेदुङका सर्लाही अध्यक्ष वुद्ध थिङ, भुजेल समाजका दीपक भुजेल, नेपाली कांग्रेसकी नेत सोनी कुमारी बोम्जनलगायतले मन्तव्य राखे ।