लालबन्दी, २८ फागुन – सर्लाहीको लालबन्दीमा आज मध्यान्हबाट नेपाल राष्ट्रिय शिक्षक संगठनको मधेश प्रदेश स्तरीय प्रथम अधिवेशन सुरु भएको छ ।
लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी पार्टी प्यालेसमा अधिवेशन प्रारम्भ भएको संगठनको लालबन्दी नगर कमिटी अध्यक्ष गोविन्द प्रसाद आचार्यले जानकारी दिए । अधिवेशनको संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीले उद्घाटन गरेका हुन् ।
संगठनको मधेश प्रदेशका अध्यक्ष सकलदेव राय यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमला थापा, महासचिव हंस शाहीलगायतले सम्वोधन गरेका छन् ।
अधिवेशनमा मधेश प्रदेशका आठै जिल्लाबाट नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षक सहभागी भएका छन् ।
अधिवेशन आजै राति अबेरसम्म वा भोलीसम्ममा नेतृत्व चयन गरेर सम्पन्न हुने नेपाल राष्ट्रिय शिक्षक संगठनले जनाएको छ ।