हरिवन, २८ फागुन – तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेलाई सरकारले सहिद घाेषणा गरेर न्याय गरेकाे उनका परिवारले बताएका छन् ।
उनकी पत्नी सरस्वती वाग्ले मिश्रले सामन्तवादकाे पराकाष्टलाई अन्त्य गर्न मिटरब्याजी विरुद्द आन्दाेलनकाे नेतृत्व गर्दैगर्दा वाग्लेकाे षडयन्त्र पूर्वक हत्या गरिएकाे आशय व्यक्त गरेकी छिन् । यसै उज्यालाे अभियानमा हिजाे आइतबार प्रकाशित दुर्घटनामा मृत्यु भएका वाग्ले सहित सर्लाहीबाट १२ जना सहिद घाेषणा शीर्षक समाचारप्रति ध्यानाकर्षण भएकाे उल्लेख गर्दै मिश्रले अत्यन्त पीडामा रहेका मिटरब्याजपीडितहरुकाे आवाज उठाउँदै गर्दा रहस्यमय मृत्यु भएकाले सरकारले सहिद घाेषणा गर्नु ठिक रहेकाे दाबी गरिन् ।