logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

चक्रघट्टामा लागेको महायज्ञ हेर्न रक्षामन्त्री उप्रेती सेनाको हेलिकप्टर चढेर आइपुगे


  • उज्यालो अभियान

चक्रघट्टा, २८ फागुन नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीको चक्रघट्टा गाउँपालिका–१, शिवनगरमा आयोजित महारुन्द्र महायज्ञको दर्शन तथा अवलोकन गरेका छन् ।

दोस्रो पटक रक्षामन्त्री भएपछि उप्रेती हिजो दिउँसो नेपाली सेनाको हेलिकप्टर चढेर पहिलो पटक गृह जिल्ला सर्लाहीस्थित आफ्नो निर्वाचन क्षेत्रमा आइपुगेका हुन् । मन्त्री उप्रेतीले शिवनगरमा आयोजित महायज्ञको अवलोकन गरी स्थानीयलाई सम्वोधन समेत गरेका छन् ।

उनले हिजै बरहथवा नगरपालिका–११, हीरापुरस्थित वडा कार्यालय परिसरको चौरमा नेपाली सेनाले निर्माण गरिरहेको बर्थिङ सेन्टरको निरीक्षण समेत गरेका छन् । शिवनगर र हीरापुरको कार्यक्रम सकेर मन्त्री उप्रेती पुनः सेनाकै हेलिकप्टरमा काठमाडौं नै फर्किएका छन् ।