logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

विभिन्न रोगका १५७ जना बिरामीको निःशुल्क उपचार


  • उज्यालो अभियान

बयलवास, २७ फागुन – सर्लाहीको बयलवासस्थित नगर अस्पतालमा हिजो विभिन्न रोगका १५७ जना बिरामीको निःशुल्क औषधि उपचार गरिएको छ ।

नगर अस्पताल ईश्वरपुर बयलवासको आयोजना तथा कार्नियो फेसिएल सेन्टर नेपाल (यूके बेस्ड स्पेसीलाइज्ड सेन्टर ) जनकपुरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । शिविरमा दाँतका ५० जना, अनुहारका ६ जना, नाक, कान र घाँटीका ५८ जना, हार्डर्जोनीका ३७ जना र छालाका ५ जना गरी १५७ जनाले सेवा लिएका नगर अस्पताल ईश्वरपुरका इन्चार्ज डा. दिर्गनारायण दासले जानकारी दिए ।

शिविरको नगरप्रमुख मनोजकुमार आचार्यको अध्यक्षतामा औपचारिक उद्घाटन भएको थियो ।

एक दिने शिविरमा डा. राजेश साह (मुख, अनुहार रोग विशेषज्ञ), डा. अमिया साह (नाक, कान र घाँटी रोग विशेषज्ञ), डा. सन्जिव साह (बाल रोग विशेषज्ञ), डा. जयप्रकाश महतो (हाडर्जोनी विशेषज्ञ) र डा. रन्जित राउत (दाँतरोग विशेषज्ञ) सहितले सेवा प्रदान गरेका सीएफसी अस्पतालका प्रशासकीय प्रमुख कृष्ण कर्णले बताए ।