logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेपाल उत्पीडित जातिय मुक्ति समाजको अध्यक्षमा विश्वकर्मा


  • उज्यालो अभियान

लालबन्दी, २७ फागुन – नेकपा एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ति समाज सर्लाहीको अध्यक्षमा मानबहादुर विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।

हिजो लालबन्दीमा सम्पन्न समाजको चौथो जिल्ला अधिवेशनले विश्वकर्माको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा राकेश बैठा र तारा विश्वकर्मा, सचिवमा हेमन पासवान, उपसचिवमा झलक विक र जयकुमारी पासवानलगायत रहेका छन् ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज सर्लाहीका अध्यक्ष पन्चदेव खंगको अध्यक्षता तथा समाजका केन्द्रीय अध्यक्ष मनोहर पौडेल विश्वकर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव योगेशकुमार भट्टराई, एमाले नेतृ तथा नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहलगायतको आतिथ्यता रहेको थियो ।

नेपाल उत्पीडित जातिय मुक्ति समाजको जिल्ला अधिवेशनकै कार्यक्रममा न्याय, समानता र समृद्धिका लागि जागरण अभियान मधेश प्रदेशको शुभारम्भ समेत गरिएको छ ।