प्रतिकात्मक तस्बिर ।
बागमती, २७ फागुन – सर्लाहीको बागमती नगरपालिका–१०, स्थित सोल्टीमा नहरमा डुबेका बालकको सकुशल उद्धार गरिएको छ ।
घर नजिकको बागमती नहरमा डुबेका स्थानीय अषेश्वर महतोका छोरा ४ वर्षीय करण महतोको सकुशल उद्धार भएको हो ।
गाउँलेले उद्धार गरेका बालकको गोल्डेन अस्पताल बरहथवामा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।