logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

दुर्घटनामा मृत्यु भएका वाग्ले सहित सर्लाहीबाट १२ जना सहिद घाेषणा


  • उज्यालो अभियान

डाचाराज वाग्ले

हरिवन, २७ फागुन – तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले सहित सर्लालाहीबाट १२ जना सहिद घाेषणा भएका छन् ।

गत पुस २४ गतेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मितिमा सहिद घाेषणा भई विवरण फरक परेकाकाे विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छुट सहिदहरुकाे नाम प्रकाशन गर्ने र थप सहिद घाेषणा गर्ने निर्णय गरेकाे बताईएकाे छ । साेही निर्णय बमाेजिम सरकारले गत विहिबार राजपत्रमा सूचना प्रकाशित गर्दै २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको हाे । प्रकाशित सूचनामा हरिपुर नगरपालिका-१ हजारबिघा घर भएका वाग्ले सहित १२ जना परेका छन् ।

सर्लाहीमा मिटरब्याज बिरोधी अभियान सञ्चालन गर्दै आएका ५१ वर्षीय वाग्लेको २०७७ साल माघ २१ गते राति मूर्तिया जंगलमा भएको रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको थियो । प्रहरीले वाग्ले सवार मोटरसाइकललाई ठूलाे सबारीले ठक्कर दिँदा दुर्घटना भएको प्रतिवेदन सार्वजनिक गरे पनि परिवारका सदस्य र उनी आबद्ध पार्टी नेकपा माओवादी केन्द्रले भने सुनियोजित दुर्घटनाबाट वाग्लेको मृत्यु भएको दाबी गर्दै आएका छन् ।

त्यस्तै सर्लाहीकाे बरहथवा नगरपालिका अन्तर्गत साबिक लाैकट-९ दियरका विनाेद राय, हजारिया-५ का राम बहादुर कुशवार, हजारिया-३ का राज पुजन सहनी, मलंगवा-१० का विनाेद राय यादव, हाल विष्णु गाउँपालिका अन्तर्गत साबिक मधुवनगाेठ गाविस-८ का साधु सरन सिंह महताे, बागमती नगरपालिका अन्तर्गत साबिक शंकरपुर गाविस-३ का बेचु साह तेली, राजघाट गाविस-५ का मीन प्रसाद हुमागाईँ, पर्सा गाउँपालिकाका हैदर मियाँ, कविलासी नपा अन्तर्गत साबिक सलेमपुर-८ का राजनारायण राय, हरिपूर्वा-८ का खेहरु राय र बरहथवा-१ का भानुभक्त न्याैपाने लगायत सहिद घाेषणाकाे सूचीमा नाम उल्लेख छ ।

(नाेट : पून: सच्याईएकाे)