रानिगन्ज, २७ फागुन – लालबन्दी नगरपालिका–१७, रानिगन्जमा हिजो नेपाल कुशवाहा कल्याण समाज नगर समितिले ज्येष्ठ नागरिक र विद्यार्थीलाई सम्मान गरेको छ ।
कार्यक्रममा ७३ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा २२० जना छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको नेपाल कुशवाहा कल्याण समाज सर्लाहीका सचिव वीरेन्द्र प्रसाद कुशवाहाले जानकारी दिए ।
समाजका लालबन्दी नगर समिति अध्यक्ष महेन्द्र महतोको अध्यक्षता तथा प्रदेशसभा सदस्य फकिरा महतोको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला समन्वय समिति सर्लाहीका उपसभापति जितेन्द्र कुशवाहा, लालबन्दी १७ का वडाध्यक्ष विष्णुहरि अधिकारी, समाजका केन्द्रीय सदस्य रामचन्द्र सिंह कुशवाहा, जिल्ला अध्यक्ष लक्ष्मण महतोलगायतको आतिथ्यता रहेको थियो ।
प्रदेशसभा सदस्य फकिरा महतोले रानिगन्जमा निर्माणाधीन कुशवाहा धर्मशालाका लागि १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने वचन दिए ।