logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सुनाखरीको १९ औँ साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, २६ फागुन – सर्लाहीको लालबन्दी नगरपालिका ८ मा रहेको सुनाखरी महिला बहुउद्देशीय सहकारी संस्थाको आज १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष पम्फा लामाको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य सीता सिग्देलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । संस्थाका व्यवस्थापक पूर्णकुमारी श्रेष्ठ (पूजा) को संचालन गरेको साधारण सभा कार्यक्रममा लालबन्दी ८ का वडाध्यक्ष शुक्र पाख्रिन, सहकारी अभियन्ता मनोज अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभामा संस्थाका १० जना नियमित बचतकर्ता र १० जना असल ऋणीलाई गोलप्रथाबाट नाम छनौट गरी सम्मान गरिएको संस्थाले जनाएको छ । सभामा संस्थाकी सचिव मेनुका श्रेष्ठले गत आर्थिक वर्ष २०७९/०८० को हरहिसाब प्रस्तुत गर्दै ६ लाख ४८ हजार ४२५ रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी गराईन् ।

संस्थामा अहिले ५४८ जना महिला शेयर सदस्य आवद्ध रहेका अध्यक्ष पम्फा लामाले बताईन् ।